जेठ २६, काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खुलामञ्च र टुँडिखेल बीचको बाटोमा राति हिंड्न रोक लगाएको छ ।
सो बाटो भएर राती ८ बजे देखी बिहान ५ बजे सम्म नहिड्न महानगले सुचना टाँसेर उल्लेख गरेको छ।
महानगरले असुरक्षाको कारणले गर्दा सो समयमा त्यस बाटोमा आवतजावत गर्न रोक लगाएको सुचनामा लेखिएको छ।
रातको समयमा उक्त बाटोमा पैदल यात्रुहरु लुटिने, अनैतिक क्रियाकलाप हुने, घटना बढ्न थालेपछी र यस सँग सम्बन्धित धेरै गुनासो आएकाले सो बाटो बन्द गरिएको महानगरको जानकारी दिएको छ ।
- न्युज बहार संवाददाता