Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बोर्डर आउट पोस्टमा कार्यरत ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

  •   ४ हप्ता अघि | १० भदौ २०८३, बुधबार

भदौ १०, काठमाडौँ । बोर्डर आउट पोस्ट (बीओपी) मा ड्युटीमा रहेका ९ जना सशस्त्र प्रहरीसँग सम्पर्क हुन नसकेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार बीओपीमा खटिएका ९ जना सुरक्षाकर्मी हालसम्म सम्पर्कविहीन अवस्थामा छन्। उनीहरूसँग सम्पर्क स्थापित गर्न विभिन्न माध्यमबाट प्रयास भइरहे पनि अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।

सम्पर्कविहीन सुरक्षाकर्मीको अवस्थाबारे जानकारी लिन तथा सम्भावित उद्धारका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ। घटनास्थलको अवस्था तथा उनीहरूको वास्तविक अवस्थाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सुरक्षा निकायले सम्पर्कविहीन सुरक्षाकर्मीको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर आवश्यक प्रयास जारी राखेको छ।

  • न्युज बहार संवाददाता

थप