असार १४, मुग्लिन । नारायणगढ-मुग्लिन सडकखण्ड सुख्खा पहिरोले अवरुद्ध भएको छ।
नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत आज दिउँसो इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो।
पहिरो खसेर बाटो अबरुद्ध भएपछि गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रुहरु बिच बाटोमै रोकिएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले अहिले पहिरो पन्छाउने काम भइरहेको जानकारी दिएको छ ।
- न्युज बहार संवाददाता