फागुन १९, काठमाडौँ। मुग्लिन नागढुंगा सडकखण्ड काठमाडौं
छिर्ने र बाहिरिने मुख्य नाकाका रुपमा रहेको छ। अहीलर सो सडकखण्ड विस्तारको काम
सुरु भएको छ ।
विस्तारको काम सहज रुपमा अघि बढाउन ९५ किलोमिटर सडकखण्डलाई तीन वटा प्याकेजमा बर्गीकरण गरेर काम अगाडि बढेको छ । नागढुंगामा बन्दै गरेको सुरूङ्ग मार्गदेखि नौबिसेसम्मको १२ किलोमिटर सडकलाई पहिलो खण्डमा राखिएको छ र यस पहिलो खण्डको बिस्तार कार्य छिटो भन्दा छिटो सक्ने लक्ष्य राखि काम अगाडि बढेको छ । तर अहिलेसम्म यस सडकखण्ड बिस्तारको प्रगति जम्मा १० प्रतिशतको हाराहारीमा मात्र छ ।
सगुन कन्स्ट्रक्सन प्रालिले भ्याटसहित १ अर्व ३१ करोड ८४ लाखमा २०७९ जेठमा २४ महिना भित्र निर्माण सक्ने गरी विस्तारको जिम्मा लिएको थियो तर ठेक्का सम्झौताको झण्डै एक वर्ष पुग्न लाग्दा पनि प्रगति आशातित हुन नसकेको भने आयोजनाका प्रमुख ईश्वरबहादुर रिजालका अनुसार विद्युत, खानेपानी र रुख कटान जस्ता विषयहरुले सडक विस्तारको काम सोचेजस्तो रुपमा अगाडि बढाउन नसकिएको बताएका छन ।
अहिले उक्त
सडक खण्डमा ठेकेदार कम्पनीले भित्ता काट्ने, रिटेनिङ्गवाल लगाउने र नालीका लागि पूर्व तयारीका कामहरु
गरिरहेको छन । आयोजना प्रमुख ईश्वरबहादुर रिजालले सो खण्डमा पर्ने २ पुल मध्ये
एउटाको काम थालिएको र अर्को पनि छिट्टै बनाउने तयारी सुरु भएको जानकारी दिएका छन ।
नागढुंगादेखि
मुग्लिनसम्मको सडक खण्डलाई बजार क्षेत्रमा ४ लेन, अन्य ठाउँमा ३ लेन र कठिन भूगोल र
पहिरोको उच्च जोखिम रहेको क्षेत्रमा २ लेन सम्मको बनाउने गरी निर्माण थालिएको सगुन
कन्स्ट्रक्सन प्रालिले जानकारी दिएको छ ।
- न्युज बहार संवाददाता