बैशाख १४, काठमाडौँ । डेढ किलोभन्दा बढी सुन
र १ करोड ४३ लाख ६० हजार नगद रुपैयाँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बरामद
गरेको छ ।
काठमाडौँ
महानगरपालिका वडा नं २४ दुछेंननी टोलबाट १७६८ ग्राम सुन र नगदसहित ७ जनालाई विशेष
सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले पक्राउ गरेको जनाएको छ ।
- न्युज बहार संवाददाता