Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मुस्ताङमा ताल फुटेर बाढी आएको आशंका, अन्य क्षतिको विवरण संकलन हुँदै

  •   १ वर्ष अघि | २४ असार २०८२, मङ्लबार

असार २४, मुस्ताङ । मुस्ताङ जिल्लाको लोमन्थाङ स्थित चुङजुङ खोलामा बाढी आएको जानकारी प्रप्त भएको छ । गाउँपालिका अध्यक्ष टसी न्हूर्बू गुरुङका अनुसार लोमन्थाङ ४ हुँदै कालीगण्डकीमा मिसिने उक्त खोलामा दिउँसैदेखि बाढी आएको हो ।

बाढी दिउँसैदेखि आएको र पानी नपर्दा पनि अहिलेसम्म नरोकिएको तथा ताल फुटेर बाढी आएको हुन सक्ने अध्यक्ष गुरुङले बताएका छन ।

उनको अनुमान अनुसार मुस्ताङ हिमाल पछाडि रहेको छो ल्योङढ्योक ताल फुटेको हुनसक्छ । बढि नरोकिएपछी खोला किनारमा रहेका नागरिकहरूलाई सुरक्षित हुन आग्रह गरिएको ।

अहिले सम्म बाढीले केही पुलहरू बगाएको छ । अन्य क्षतिको विवरण संकलन हुँदै छ । 

  • न्युज बहार संवाददाता

थप