Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पार्टी सकेर निस्किएका खड्काको रातोपुलमा हत्या ।

लुट्ने नियत रहेको प्रहरी भनाई ।

  •   ४ वर्ष अघि | २५ माघ २०७९, बुधबार

माघ २५, काठमाडौँ । काठमाडौंको बत्तिसपुतलीबाट भोज खाएर निस्केका एक पुरुषको हत्या भएको छ । हिजो मंगलबार साँझ करिब ९ बजेर ३० मिनेटमा घर जान भनेर निस्केका ध्रुव खड्कालाई एक अपरिचित युवकले ‘घर लगिदिन्छु’ भनेर रातोपुलमा लगेर हत्या गरेका खुल्न आएको छ ।

कपन बस्ने करिब ५५ वर्षका ध्रुव खड्का पर्सा स्थायी घर भएका ध्रुव पार्टी बाट घर जान भनि मूल सडकमा निस्केका थिए । मापसे गरेका उनलाई घर लगिदिन्छु  भनेर कुनै एक अपरिचित युवकले ट्याक्सिमा चढाए । ट्याक्सिमा चढाउने व्यक्ती चितवन घर भएका कपन बस्ने राम थापा रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

खड्कालाई रातोपुल नजिक पुगेपछि ट्याक्सिबाट उतारेर थापाले ट्याक्सिलाई फिर्ता पठाइदिए । ट्याक्सिबाट उनलाई उतारेर बीभत्स तरिकाले कुटेर उनको हत्या गरेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए ।

ठमेल र दरबारमार्ग क्षेत्रमा राम थापा रातभर गाँजा बेच्छन् । थापा साइकलमा गाँजा बेच्दै बत्तिसपुतली पुगेका थिए लागुऔषध दुर्व्यसनीको लतमा परेका उनले ध्रुव खड्का मापसे गरेर हिँडेको र एक्लै देखेपछि लुट्ने नियतले रातोपुलमा लगेर पहिले भित्तामा अनुहार ठोक्काएको  र त्यसपछि छातीमा लात्तिले हिर्काएर हत्या गरेको प्रहरीको प्ररम्बिक अनुसन्धानबाट खुलेको छ । प्रहरी वृत्त गौशालाले आरोपीलाई कपनबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

थप