साउन २, काठमाडौँ । काठमाडौँबाट फोहोर बोकेर आउने गाडीबाट नुवाकोटको ककनी गाउँपालिकाले प्रवेश शुल्क नलिने बताएको छ ।
ककनी गाउँपालिकाले आज मंगलबार एक विज्ञप्ति जारी गर्दै काठमाडौँबाट फोहोर बोकेर आउने सवारी साधनबाट शुल्क नलिने बताएको हो ।
सर्वोच्चले अदालतले काठमाडौँबाट फोहोर बोकेर गएका गाडीसँग प्रवेश शुल्क लिने ककनी गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि गाउँपालिकाले यस्तो निर्णय गरेको छ ।
गाउँपालिकाले जारि गरेको उक्त विज्ञप्तिमा फोहोर मैला व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न ककनी गाउँपालिकाले सम्बन्धित पक्षसँग पहल र समन्वय गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
- न्युज बहार संवाददाता