सुदूरपश्चिममा राजेन्द्रसिंह रावल नेतृत्वको सरकार प्रदेश सभाबाट
विश्वासको मत पाउन नसकेपछि ढलेको छ। संविधानको धारा १६८ को उपधारा २
अनुसार दुईभन्दा बढी दलहरूको समर्थनमा बनेको सरकार ढलेपछि अब उपधारा ३ अनुसार
सरकार बन्ने भएको छ।
शैलेशराज ढुंगाना सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयका निमित्त
सचिव हुन उनले अब प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा
ठूलो दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त प्रदेश सभाबाट गर्ने प्रक्रिया
बाट सरकार बन्न सुरु हुने बताए।
उनले भने ‘अब १६८ को २ अनुसार सरकार बन्ने
कुरा भएन। उपधारा ३ अनुसारको प्रक्रिया सुरू हुन्छ,’ ।
१९
सिटसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो । सुदूरपश्चिम प्रदेश सभामा जम्मा ५३
सदस्यीय सिट छ । कांग्रेस सबैभन्दा ठूलो दल संसदीय दलका भएका कारण कांग्रेस नेता
कमल शाहले अब आफूले मुख्यमन्त्रीमा दाबी गर्ने बताए।
कमल शाहले
भने ‘अब १६८
को ३ अनुसार सरकार बन्छ। हामी प्रक्रिया पुर्याएर जान्छौं,’ ।
स्रोतका
अनुसार शाहले आजै मुख्यमन्त्रीमा दाबी गर्ने सम्भावना छ।
संविधानको
धारा १६८ को उपधारा ३ अनुसार बनेको भएपनि नयाँ बनेको सरकारले पनि एक महिनाभित्र
विश्वासको मत लिनु पर्ने व्यवस्था छ।