फागुन
२३, काठमाडौँ। आज धूमधामका साथ तराईका अधिकांश जिल्लाहरूमा होली पर्व मनाइँदै छ। बर्दिया, बाँके, महोत्तरी, धनुषा, सिराहा, सर्लाही र सप्तरी लगायतका तराईका
जिल्लामा विशेष उल्लासका साथ आज होली पर्व मनाइदैछ। बाँकी तराईका जिल्लाहरूमा पनि
हर्षउल्लास र खुसीयाली का साथ धूमधामलेहोली पर्व मनाउने गरिन्छ।
तराईका
जिल्लाहरुमा एक आपसमा रङ्ग, अबीर
लगाई नाच्दै र जोगिरा गाउँदै होलीलाई विशेष उत्सवको रूपमा मानाउने चलन रहेको छ। आज
२३ गते होली मनाइने तराईका जिल्लाहरूमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ। सोमबार
नै पहाडी क्षेत्रहरूमा भने धूमधामका साथ होली मनाइएको छ।
होली
पर्वमा नेपालीहरुले आफूभन्दा ठुला मान्यजनबाट रङ्ग, अबिर लगाएर मिठो मसिनो खाने र
आर्सीवाद लिने चलन पनि रहेको छ। पछिल्लो समय घरबाट बाहिर रहेका आफ्ना आफन्तबीच
भेटघाट हुने पर्वका रूपमा पनि होली पर्वलाई लिन थालिएको छ। बाहिर रहेका आफन्तहरे होलि खेल्नको
लागी भनि आफ्नो गृह स्थान जाने गरिएको पाईन्छ।
- न्युज बहार संवाददाता