जेठ २९, काठमाडौँ। एक जना जर्मन
नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
सोमबार
बिहान विमानस्थलबाट लागु औषध चरेशसहित जर्मन नागरिक पक्राउ परेको लागु औषध
नियन्त्रण ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिएका छन।
जर्मन
नागरिक सँग अन्दाजी ६ किलो चरेश बरामद भएको छ। चरेस उनले सुटकेशमा फल्सबटम बनाएर
लुकाएर ल्याएका थिए।
- न्युज बहार संवाददाता