Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

भुकम्प अपडेट : धादिङ केन्द्रविन्दु भएर लगातार भुकम्पको धक्का

  •   ३ वर्ष अघि | ५ कार्तिक २०८०, आइतवार

कार्तिक ५, काठमाडौँ । आइतबार बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यो शक्तिशाली भूकम्प गएपश्चात् धादिङमा लगातार परकम्पहरू गइरहेका छन् । धादिङको खरी आसपास केन्द्रविन्दु भएर आज बिहान  ७ बजेर ३९ मिनेट जाँदा ६.१  म्याग्निच्युडको भुकम्प गएको हो ।

त्यसयता लगातार ससाना परकम्पहरू गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सल्यानटार केन्द्रविन्दु भएर आइतबार बिहान ८ बजेर ८ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसपछी धादिङकै डाँडागाउँ केन्द्रविन्दु भएर ८ बजेर २८ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने धादिङ नै केन्द्रविन्दु भएर ८ बजेर ५९ मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । 

  • न्युज बहार संवाददाता

थप