Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज देशभर धनतेरस पर्व मनाइयो

  •   ११ महिना अघि | २ कार्तिक २०८२, शनिबार

कार्तिक १, काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीको दिन पर्ने धनतेरस पर्व आज देशभर मनाइएको छ। यस दिन घरका पूजाकोठामा नयाँ धातुका भाँडाकुँडा (जस्तै सुन, चाँदी, तामा आदि) ल्याई स्थापना गरी धनका देवता कुबेरको विशेष पूजा गरिन्छ। कुबेरको जयन्तीका अवसरमा गरिएको यो पूजा केही स्थानमा लक्ष्मीपूजाको दिनसमेत गरिने परम्परा छ।

धनतेरसलाई ‘भाण्ड त्रयोदशी’ पनि भनिन्छ। आज ल्याइएका नयाँ भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ भन्ने धार्मिक विश्वास रहेको छ। हिन्दू सनातन परम्पराअनुसार यसरी पूजा गर्दा लक्ष्मी देवी स्थायी रूपमा बस्ने जनविश्वास रहेको छ।

यस अवसरमा सुनचाँदीका गहना किन्ने चलन पनि छ। धार्मिक आस्थाका कारण आज बजारमा भाँडाकुँडा र गरगहना किन्ने मानिसहरूको भीड लागेको छ।

  • न्युज बहार संवाददाता

थप