Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रातो नम्बर प्लेट भएका इ-रिक्सालाई बन्द गर्ने निर्णय

  •   ३ वर्ष अघि | १० मंसिर २०८०, आइतवार

मंसिर १०, बाँके । यात्रु बोक्ने रातो नम्बर प्लेट भएका इ-रिक्सालाई नेपालगञ्ज उपमहानगरपालिका बजारभित्र प्रतिबन्ध लगाउने भएको छ।

शनिबार उपमहानगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय बाँकेमा सरोकारवालाको बैठकले रातो नम्बर प्लेटलाई कालो नम्बर प्लेट बनाउन मङ्सिर २२ गतेसम्मको समय दिने निर्णय भएको छ।

यसअघि कात्तिक २४ गते बसेको बैठकले इ-रिक्साहरु नगर क्षेत्रभित्र यात्रु बोक्ने धेरैजसो रातो नम्बर प्लेटमा चलिरहेको सन्दर्भमा २१ दिने सूचना प्रकाशन गरेर रातो प्लेटलाई कालो नम्बर प्लेट बनाउन दिने निर्णय गरेको थियो।

नगरप्रमुख प्रशान्त विष्टले मङ्सिर १५ गते उक्त अवधि समाप्त हुने भए पनि थप सात दिन समय दिएर मङ्सिर २३ गतेदेखि रातो नम्बर प्लेट भएका रिक्सालाई यात्रु बोकेर गुड्न नदिने निर्णय गरिएको बताएका छन ।

  • न्युज बहार संवाददाता

थप