बैशाख २२, काठमाडौँ । सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता भुवनबाबु खड्काले दुर्घटनामा परी गम्भीर घाइते भएका भविन गुरुङको मृत्यु भएको जानकारी दिएका छन । उक्त हेलिकप्टरमा मृतक गुरुङले सहयोगीका रुपमा काम गर्दै आएका थिए ।
माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा आज १ देखि २ बजे आसपासमा हेलिकोप्टर दुर्घटनामा परेको थियो ।
- न्युज बहार संवाददाता