पुस २०, सर्लाही । स्थानीय प्रशासनले सर्लाहीको
बरहथवामा एक आन्दोलनकारीको मृत्यु भएपछि कार्फ्यू आदेश जारी गरेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्नेसम्बन्धी विषयलाई
लिएर बरहथवा नगरपालिकामा विवाद र झडप हुँदा एक
जनाको मृत्यु र प्रहरीसहित ८ जना घाइते भएपछि कर्फ्यू जारी गरिएको हो।
स्थानीय
प्रशासनले बरहथवा नगरपालिका-६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएपछि कार्फ्यू
आदेश जारी गरेको छ ।
एक सूचना
जारी गर्दै प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले कर्फ्यू लगाएको बताएका छन् ।
जारी सुचना अनुसार बेलुका ५:३० बजेदेखि भोलि बिहान ८ बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम
कर्फ्यू आदेश जारी गरिएको छ ।
- न्युज बहार संवाददाता