Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मिटरब्‍याजी पीडितसँग छलफल गर्न वार्ता टोली गठन।

  •   ४ वर्ष अघि | १४ चैत्र २०७९, मङ्लबार

चैत १४, काठमाडौँ। सरकारले मिटरब्‍याजी पीडितसँग छलफल गर्न वार्ता टोली गठन भएको छ।बर्दिबास लगायत घन्य जिल्लाहरुवाट पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्‍याजी पिडितहरुले अहिले बालुवाटारमा आफ्नो प्रदर्शन गरिरहेका छन।

मिटरब्‍याजी पिडितहरु सँग छलफल गर्न सरकारले गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव रूद्रादेवी शर्मा संयोजकत्वमा वार्ता टोली गठन भएको हो। 

टोलीमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङसहित प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालयका प्रतिनिधि समेत रहेका छन्। 

आज मंगलबार बिहानै मिटरब्याजी पीडितहरू प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्ने भन्दै बालुवाटार पुगेका थिए। यसैक्रममा उनीहरूसँग गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माको टोली पुगेर वार्ता गरेका थिए। 

त्यसपछि अहिले वार्ता टोली गठन गरिएको हो। 

  • न्युज बहार संवाददाता

थप