साउन
२५, गोरखा । गत असारमा गोरखा
प्रहरीले स्थानिय एक व्यक्तीको घरबाट बरामद गरेको टल्कने ढुंगा क्वार्ज क्रिष्टल रहेको पुष्टि
भएको छ।
पारदर्शी
ढुंगा क्वार्ज क्रिष्टल भएको खानी तथा भूगर्भ विभाग काठमाडौँबाट गएका
भूगर्भविदहरूले प्रमाणित गरेका छन । भूगर्भविदहरूले दुई दिन लगाएर उक्त पारदर्शी
ढुंगाको परीक्षण गरेका थिए ।
दुई भूगर्भविद्
दुर्गा बेलाखे र सुस्मिता भण्डारीले प्रकाश दिँदा टल्किने ढुंगाको परीक्षण पश्चात क्वार्ज
क्रिष्टल बएको प्रमाणित गरेका गरेका हुन।
प्रहरीले
गोरखा नगरपालिका वडा नम्बर ७ सतिपिपलका चन्द्रमान शाहीको घरबाट गत असार १४ गते पारदर्शी
ढुंगा बरामद गरेको थियो।