Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

वसन्तपुरमा ठड्याइयो चिर, आज बाट बिधिवत रुपमा होली सुरु भएको संकेत।

वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीन तले चीर ठड्याइएको छ

  •   ४ वर्ष अघि | १५ फाल्गुन २०७९, सोमवार

फागुन १५, काठमाडौँ । आज काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीन तले चीर ठड्याइएको छ भने हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व शुरु भएको मान्ने गरिन्छ ।

आज बिहानको साइतमा काठमाडौँको मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर होली पर्व शुरु भएको जनाउ दिएका छन । आजका दिन हनुमानढोका दरबारको सुन्दरीचोक, पशुपति, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्राङ्गणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होली शुरु भएको जनाउ दिने गरिन्छ ।

मानन्धर समुदायका सदस्य गजेन्द्र मानन्धरले चीर ठड्याएपछि असत्यमाथि सत्यको जितको रुपमा ठड्याइएको बताएका छन । उनले चीर ठड्याइसकेपछि विधिवत रुपमा होलि पर्व शुरु भएको मानिने बताएका छन । यस वर्षको होली पर्वको मुख्य दिन आजको एक हप्ता पछी अर्थात फागुन २२ गते सोमबार र २३ गते मंगलबार परेको छ । २२ गते सोमबार हिमाली तथा पहाडी जिल्लामा र २३ गते मंगलबार तराई जिल्लामा होली मनाइँदैछ । 

  • न्युज बहार संवाददाता

थप