फागुन २३, दाङ देउखुरी। दाङको राप्ती गाउँपालिकाले मासिंदै
गएका पुराना चौतारोको संरक्षण अभियानमा सुरु गरेको छ।
राप्ती गाउँपालिका
अध्यक्ष प्रकाश विष्टको पहलमा वडा नं. ५ मा पर्ने करङ्गेमा बर–पिपलको रुख मुनि ढुंगा बिच्छ्याएर
चौतारो निर्माण गरिएको छ। चौतारो बनाउन स्थानीय सबै जनाले श्रमदान गरेका छन भने गाउँपालिका
अध्यक्ष समेत रहेका विष्टले पनि घनले ढुंगा फुटाउने, ढुंगा बोक्ने काम गरेर चौतारो संरक्षण
अभियानमा स्थानीयलाई सघाएका छन।
राप्ती गाउँपालिका अध्यक्ष प्रकाश
विष्ट भन्छन्, ‘चौतारो
गाउँको सुन्दरता र पितापुर्खाहरुको निशानी पनि हो, त्यो सुन्दरता फर्काउन र गाउँबाट हराएको
हाम्रो गाउँलाई खोजेर फेरि गाउँमा नै फर्काउन चौतारो संरक्षणमा जुटेका छौं।’
राप्ती गाउँपालिकाले गरेको योजना
अनुसार राप्ती गाउँपालिकामा करङ्गेसहित, देवीकोट लगायतका आठ–दशवटा पहाडी वस्तीहरु छन्। ती सबै पहाडी
गाउँ र देउखुरीको समथर क्षेत्रमा पनि चौतारो निर्माण तथा पुनर्निर्माणको कार्य
थालिने छ।
- न्युज बहार संवाददाता