असार २०, इटहरी । इटहरीमा टिपरको ठक्करबाट घाइते भएकी आमा छोरीको मृत्यु भएको छ। टिपरको ठक्करबाट आमा-छोरी दुबैको मृत्यु भएको हो ।
मंगलबार दिउँसो पोने ४ बजेतिर टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका-८ की ४२ वर्षीया सरिता चौधरी र उनकी २२ वर्षीया छोरी अनुशा चौधरीको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका आमा छोरीको उपचारको क्रममा निधन भएको हो। अनुशाको न्यूरो अस्पताल विराटनगरमा र सरिताको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
- न्युज बहार संवाददाता