Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

निजी विद्यालयको होस्टेलमा ८ वर्षीय बालक मृत फेला

  •   ३ वर्ष अघि | १३ असोज २०८०, शनिबार

असोज १३, सुर्खेत । ८ वर्षीय बालक वीरेन्द्रनगरमा रहेको एक निजी विद्यालयको होस्टेलमा मृत फेला परेका छन्।

८ वर्षीय बालक वीरेन्द्रनगर  नगरपालिका-६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा मृत भेटिएका हुन् ।

दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका-२ का सलाम पुलामी मृत भेटिएको रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनी शुक्रबार राति होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । बालक उषा बालवाटिकामै कक्षा २ मा अध्ययन गर्दै थिए ।

बालकको शव शुक्रबार राति झुण्डिएको अवस्थामा फेला परेका थियो भने अहिलेसम्म  शव उठाइएको छैन । आफन्तहरूले घटना शंकास्पद भएको भन्दै आन्दोलन गरेका छन् ।

उषा विद्यालयको परिसर होस्टेल बाहिर आफन्तहरुले तोडफोड गरेपछि तनावग्रस्त बनेको छ । अहिले विद्यालय परिसरमा प्रहरी तैनाथ गरिएको छ ।

  • न्युज बहार संवाददाता

थप