असोज २२, काठमाडौं । आजदेखि सार्वजनिक सवारी साधनमा यस वर्षको दसैंका लागि अग्रिम बुकिङ खुलेको छ।
गत शुक्रबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाबीच भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो ।
सबै आवश्यक व्यवस्थापन गरी टिकट बुकिङका लागि खुला गरिएको हो । काठमाडौँबाट लाखौं यात्रु हरेक वर्ष दसैं, तिहार र छड पर्वका अवसरमा बाहिरिने गरेका छन् ।
- न्युज बहार संवाददाता