साउन ९, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा दुर्घटना भएको छ। नारायणगढ-मुग्लिन सडकखण्डमा बस र ट्रक एक आपसमा ठोक्कीदा दुर्घटना भएको हो। दुर्घटना हुँदा खाँदा ११ जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका-२९ चौधकिलो पुल नजिकै आज बिहान साढे ७ बजेतिर नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आँउदै गरेको ना६ख ४९४२ नम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा ल्याइएको जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता