जेठ २६, सिन्धुली । सिन्धुलीमा सर्पले टोकेर एक जनाको मृत्यु भएको छ।
सिन्धुलीमा एक महिलाको मृत्यु सर्पले डसेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालकिा १२ कर्थाकी ६२ वर्षीया शिवकुमारी कार्की रहेको जानकारी दिएका छन ।
आज शुक्रबार बिहान कार्कीलाई उनकै घरको पेटीमा सर्पले डसेको मृत्यु भएको हो ।
- न्युज बहार संवाददाता