Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नक्कली कागजात बनाएर विदेश पठाउने गिरोहमा संलग्न प्रहरी जवान पक्राउ

  •   ३ वर्ष अघि | १४ कार्तिक २०८०, मङ्लबार

कार्तिक १४, काठमाडौँ । एक जना प्रहरी जवान नेपालीलाई भिजिट भिसामा नक्कली कागजात बनाएर विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् ।

एसपी रवीन्द्र रेग्मीका अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरेको हो ।

यही प्रकरणमा प्रहरीले उदयपुरका ३० वर्षीय आशिष श्रेष्ठलाई पनि पक्राउ गरेको छ । ५ लाख रुपैयाँ लिएर श्रेष्ठले भिजिट भिसामा एक व्यक्तिलाई विदेश पठाउन लागेका थिए । यसै प्रयोजनको लागि उनले प्लस टुको सर्टिफिकेट नक्कली बनाइदिएका थिए ।

  • न्युज बहार संवाददाता

थप