जेठ
३, काठमाडौँ। बुधबार दिउँसो काठमाडौँको तारकेश्वरमा भएको सवारी दुर्घटनामा एक
जनाको मृत्यु भएको छ।
तारकेश्वर नगरपालिका-६
जरंखुमा भएको दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको काठमाडौं उपत्यका
ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिएका छन।
बुधबार
दिउँसो बा ३ ख ६३६७ नम्बरको बसले बा ४९ प ६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको
थियो। ठक्करबाट घाइते भएका
मोटरसाइकल चालक जोगेन्द्रप्रसाद गुप्ताको ग्रिन सिटी अस्पतालमा
उपचारको क्रममा निधन भएको एसएसपी भट्टले बताएका छन।
मोटरसाइकललाई ठक्कर दिएको बस भने खोला छेउमा लगाएको रेलिङ भत्काएर शेषमती खोलामा खसेको छ।
- न्युज बहार संवाददाता