Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पहिरोमा परि काठमाडौँको तारकेश्वरमा बाबु-छोरीको मृत्यु, आमा घाइते ।

  •   ३ वर्ष अघि | २१ साउन २०८०, आइतवार

साउन २१, काठमाडौँ । काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिकामा पहिरो गएको छ । तारकेश्वर नगरपालिकाको चो गाउँमा पहिरोले घर पुरीँदा बाबु-छोरीको मृत्यु भएको छ ।

गएको राती करिब आठ बजेतिर एक्कासी आएको पहिरोले घर पुरीँदा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो।

बुवाको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नगरपालिकाका मेयर कृष्णहरि महर्जनले उल्लेख गरेका छन ।

गणेशकी श्रीमती भने घाइते भएकी छन् भने  छोरा भने सकुशल रहेको मेयरले जनाएका छन । 

  • न्युज बहार संवाददाता

थप