Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दारी ग्याङ काठमाडौ र दारी ग्याङ युकेको सहयोगमा नुवाकोटको लिखुमा नि:शुल्क दन्त शिविर आयोजना हुँदै

  •   २ वर्ष अघि | ७ साउन २०८१, सोमवार

साउन ७, काठमाडौँ । सामाजिक संजालमा सक्रिय रहेको युवाहरुको ग्रुप ‘दारी ग्याङ’ले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । 

क्रममा दारी ग्याङ यस अघी पनि थुप्रै सामाजिक कार्यहरु गरिसकेको छ । 

दारी ग्याङ बिपत्तिको बेलामा होस वा कुनै माहामरीको समयमा होस समाजमा के कसरी सहयोग गर्न सकिन्छ भनेर सधै लागिपरिरहेको देखिन्छ ।  यस्तै सामाजिक कार्यहरु गर्ने क्रममा दारी ग्याङले अर्को एउटा सराहनिय र उदारणिय कार्यको आयोजना गर्दै छ  ।

यस्तै सामाजिक कार्यहरु गर्ने क्रममा दारी ग्याङ काठमाडौँले दारी ग्याङ युकेको सहयोगमा नुवाकोट जिल्लाको लिखु गाउँपालिकामा पर्ने श्री बच्छला मा.वि मा निशुल्क दन्त शिविर गर्ने तयारी गरेको छ । दारी ग्याङ युके को सहयोग मा दारी ग्याङ काठमाडौले गर्ने लागेको उक्त शिविरमा करिब ३५० जना बिद्यार्थीहरुले दात सम्बन्धी निशुल्क सेवा लिन सक्ने जनाइएको छ । दारी ग्याङ काठमाडौँ संयोजक समुन्द्र रिजालका अनुसार दन्त शिविर साउन को ११ गते गरिने छ । संयोजक रिजालले छिटै नै परोपकारका लागि दारी ग्याङ फुट्सल कार्यक्रम पनि आयोजना हुने जानकारी दिएका छन। 

  • सृजना प्याकुरेल

थप