Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पोखराको सेती खोंचमा खसे एक बालक, खोजी र उद्धारकार्य जारी।

  •   ४ वर्ष अघि | २ बैशाख २०८०, शनिबार

बैशाख २, पोखरा । आज शनिबार पोखरामा एक बालक सेती खोंचमा खसेका छन् ।

वडा प्रहरी कार्यालय रामबजारका इन्स्पेक्टर माधव केसीले शनिबार दिउँसो खेल्ने क्रममा पोखरा ८ का स्मिथ पराजुली सेती खोंचमा खसेको बताएका छन । केसीकाअनुसार पोखरा ८ नागढुंगा बस्ने स्मिथ तीनजना साथीसँग मिलेर खेल मैदानमा जाँदै गर्दा सेती खोंचमा खस्न पुगेका हुन।

इन्स्पेक्टर केसीले भने ‘घरबाट निस्केर खेल्न पोखरा १५ स्थित हरियो खर्कको खेलमैदानमा जाँदै गर्दा सेती नजिकैको भ्वाङमा परेको देखिएको छ,’ । शनिबार दिउँसो ३ बजेको समय तिर खोंचमा खसेपछि जिल्ला प्रहरी कार्यालय कास्कीको उद्धार टोलीले स्मिथको खोजीकार्य र उद्धार प्रयास गरिरहेको जानकारी गराएको छ । भ्वाङभित्र जान निकै अप्ठ्यारो भएकाले उद्धार गर्न कठिन भएको प्रहरीले जनाएको छ।

  • न्युज बहार संवाददाता

थप