Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

६१ किलो सुन तस्करी प्रकरण : २५ जनालाई थुनामा पठाउन आदेश

  •   ३ वर्ष अघि | १९ असोज २०८०, शुक्रबार

असोज १९, काठमाडौँ । ६१ किलो सुन तस्करीको आरोपमा पक्राउ परेकाहरुमध्ये १ जना बाहेक सबैलाई थुनामा पठाउन जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ ।

रुकमिना सुब्बालाई भने ५ लाख धरौटी लिएर छाड्न आदेश जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले दिएको हो । जिल्ला अदालत काठमाडौँका प्रवक्ता दिपक दाहालले दिएको जानकारी अनुसार सुन तस्करीमा स‌ंलग्न रहेको अरोपमा प्रहरीले २९ जनामाथि मुद्दा चलाएको थियो भने ३ जना फरार रहेका छन् ।

पक्राउ परेर आज थुनामा पठाउन आदेश भएका २५ जनामध्ये ७ जना चिनियाँ नागरिक रहेका छन् ।

  • न्युज बहार संवाददाता

थप