जेठ ३, काठमाडौँ। ललितपुरबाट गैँडाको खाग सहित ३ जना पक्राउ परेका छन।
तीन जनालाई प्रहरीले ललितपुर महानगरपालिका–४ स्टिलटावर चोक नजिकबाट दुई सय ९७ मिलिग्राम तौल भएको गैँडाको खाग(ओखेटोपहार)सहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका-५ भवानीपुर घर भई ललितपुर एकान्तकुना बस्ने २४ वर्षीय युवराज घिमिरे र २८ वर्षीय रोशन घिमिरे साथै धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ घर भई काठमाडौँ नयाँ बजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङ रहेका छन् ।
प्रहरीले पक्राउ परेका तिनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी ललिपुर पठाइएको जनाकारी दिएको छ।
- न्युज बहार संवाददाता