चैत
८, सुर्खेत । एउटा मालबाहक मिनि ट्रक दैलेखको तालपोखरीमा दुर्घटना ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। मनकामना ग्यास सिलिन्डर बोकेको भे १ क
२२०१ नम्बरको ट्रक नेपालगञ्जबाट
दैलेखतर्फ आउँदै गर्दा आज विहान पौने ९ बजे दैलेखको गुराँस गाउँपालिका ३ ताल
पोखरीमा दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ।
प्रहरी
कार्यालय दैलेखमा डीएसपी किशोर लम्सालले दुर्घटनमा मृत्यु हुनेमा कामदार २५ वर्षीय
लक्षिराम चौधरी, ३० वर्षीय चालक कृष्ण चौधरी र २२ वर्षको विष्णु चौधरी रहेको बताएका
छन ।
उक्त
ट्रकका सहचालक प्रकाश कुमाई भने सकुशल रहेको प्रहरीले जनाएको छ। प्रहरीले माथिल्लो
मोडबाट ट्रक तल्लो मोड सम्म खसेको र सोही कारण बाटो अवरुद्ध भएको जनकारी दिएको छ।
- न्युज बहार संवाददाता