चैत
१६, काठमाडौँ। ७ किलो ८८७ ग्राम कोकिनसहित नेपाल प्रहरीको लागुऔषध नियन्त्रण
ब्युरोले दुई जनालाई पक्राउ गरेको छ।
यो
करिब १७ करोड रुपैयाँ बराबरको कोकिन हो।
लागुऔषध
नियन्त्रण ब्युरोले दुइटा अपरेशन चलाएर दुई भारतीय महिलालाई कोकिनसहित पक्राउ
गरेको हो।
प्रहरीले
भारतको मिजोरोम बस्ने ४५ वर्षीया भालाललमी र २९ वर्षीया इस्थर लालहलिम्पुइलाई
पक्राउ गरेको बताएको जानकारी दिएको छ।
नेपाललाई
ट्रान्जिट बनाएर विशेषगरी कोलोम्बिया, पेरू, बोलिभियामा बन्ने कोकिन नयाँ दिल्ली
पुर्याउन लाग्दा उनीहरू पक्राउ परेका हुन्।
- न्युज बहार संवाददाता