Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

१४ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट २ व्यक्ती पक्राउ

  •   ३ वर्ष अघि | २२ मंसिर २०८०, शुक्रबार

मंसिर २२, काठमाडौँ । १४ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ परेका छन्।

भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले गोरखाका मीनबहादुर र चन्द्र घले पक्राउ परेको जानकारी दिए।

को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट विहीबार राति ११:४० मा काठमाडौँ आएका चन्द्र घलेलाई कपडामा बेरेरे छातीको दायाँबायाँ राखि लुकाएर ल्याएको अवस्थामा बिस्कुट आकारको ७ थान अर्थात १४ किलो सुनसहित पक्राउ गरिएको थियो। 

भन्सार ‍प्रमुख पाण्डेका अनुसार चन्द्र घलेसँग सोधपुछ गर्दा सुन गोरखाका मीनबहादुरको रहेको बताएपछि घलेलाई पनि विमानस्थलबाट पक्राउ हो ।

भन्सार प्रमुख पाण्डेले पक्राउ परेका दुबैजनालाई थुनामा राख्न प्रहरी प्रभाग कोटेश्वर पठाइएको जानकारी दिएका छन । उनले कार्यलय खुलेपछी थप अनुसन्धान हुने बताएका छन ।

  • न्युज बहार संवाददाता

थप