Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

चितुवाको आक्रमणबाट २ जना घाईते।

  •   ४ वर्ष अघि | ८ चैत्र २०७९, बुधबार

चैत ८, पर्सा। चितुवाको आक्रमणबाट पर्सामा २ जना व्यक्ती घाइते भएका छन् ।

चितुवाको आक्रमणबाट पोखरिया-४ सतवरिया बस्ने हरिन्द्र साह तेली र ईलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी सहायक प्रहरी हवल्दार सुचिन्द्र प्रसाद यादव घाइते भएका हुन् । चितुवा जंगलबाट बस्ती तर्फ पसेको हो।

घाईते उनीहरु दुबैको टाउको, हात, निधार, लगायत शरीरका विभिन्न भागमा घाउ चोट लागेको छ । त्यस्तै चितुवा बस्ती पसेपछी चितुवालाई हेर्न भनि गएका सोही वडाका दिल महम्मद मियाँ भने लडेर सामान्य घाइते भएका छन्।

वस्तुभाउ नभएको रित्तो गोठमा चितुवा पसेपछि स्थानीयले हो-हल्ला गरेरे चितुवा भगाउन खोज्ने क्रममा चितुवाले स्थानीयलाई समेत आक्रमण गरेको थियो । प्रहरी सहायक हवल्दारले पनि चितुवालाई नियन्त्रणमा लिन खोज्दा कोपरेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले अहिले चितवनबाट आएको प्राविधिक टोलीले चितुवा नियन्त्रणमा लिने प्रयास गरिरहेको जानकारी दिएका छन् ।

  • न्युज बहार संवाददाता

थप