Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बस दुर्घटना हुँदा १८ जना घाइते

  •   ३ वर्ष अघि | १ पुस २०८०, आइतवार

पुस १, काठमाडौँ । तनहुँमा पोखरा जाँदै गरेको यात्रुबहाक बस दुर्घटना भएको छ।

करिब साढे ८ बजे आइतबार बिहान तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ कमलवारीस्थित पृथ्वी राजमार्गमा बस दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँले टिपरलाई ओभरट्याक गर्ने क्रममा मुग्लिनबाट पोखरातर्फ गइरहेको ग २ ख १४५९ नम्बरको बस दुर्घटनामा परेको जनाएको छ।

बसको दाहिनेतर्फको टायर ओभरट्याक गर्ने क्रममा सडकबाट तल खसेको थियो। प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले बस दुर्घटनामा १८ जना यात्रु घाइते भएको जानकारी दिएका छन । 

  • न्युज बहार संवाददाता

थप