Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

झारफुकको बहानामा यतना दिई मृत्यु भएकि युवतीको केसमा १७ जना पक्राउ।

झारफुक गर्ने बहानामा दिइएको चरम यातनापछि मृत्यु।

  •   ४ वर्ष अघि | २८ फाल्गुन २०७९, आइतवार

फागुन २८, रूपन्देही। झारफुक गर्ने बहानामा रूपन्देहीको सैनामैनामा भएको किशोरी मृत्यु प्रकरणमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सैनामैना नगरपालिका वडा नम्बर १० की १४ वर्षीया सीता ज्ञवाली कान दुखेर बिरामी परेकी थिईन। उनलाई झारफुक गर्ने बहानामा दिइएको चरम यातनापछि गत फागुन २० गते राति मृत्यु भएको थियो।

झारफुक गरेर बिरामी निको बनाउने भन्दै  माता भनिने स्थानीय २२ वर्षीया सोनिया रेश्मीले सीतालाई शारीरिक यातना दिएकी थिइन्। माता भनिने सोनियाले सीतालाई भुइँमा घोप्टो पारी लडाउने, शरीरमा बस्दै गालामा बेस्सरी थप्पड हान्ने, टाउकोदेखि पानी खन्याइदिने, मुखमा थुक्दै खरानी खुवाउनेसम्मको चरम यातना दिएपछि उनको मृत्यु भएको थियो।

सीताका आफन्तले उनलाई सोनियाले चरम यातना दिइरहदा पनि रोक्नुको सट्टा भिडिओ खिचिर बसिरहे। सोही चरम यातनाका कारण सीताको मृत्यु भएपछि गुपचुप मृतकका परिवारले राति नै कपिलवस्तुको लक्ष्मणघाटमा लगेर दाहसंस्कार गरी घटना बाहिर आउन दिइका थिएनन् तर झारफुकको बहानामा चरम यातना दिइरहँदा खिचिएको भिडि‌ओ एकाएक सामाजिक सञ्जालमार्फत बाहिरिएपछि घटना सार्वजनिक भएको थियो।

भिडिओ सार्वजनिक भएपछि तत्काल अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले सोमबार नै सोनियालाई पक्राउ गरेको थियो। घटना लुकाउन रातारात गरिएको दाहसंस्कारमा संलग्नहरू भने पक्राउ परेका थिएनन्।

सामाजिक सञ्जाल मार्फत प्रहरीलाई सीताको मृत्यु हुने गरी यातना दिइरहँदा हेरेर बस्ने उनका आफन्त, भिडिओ खिच्ने व्यक्ति र दाहसंस्कारमा संलग्नहरूलाई समेत पक्राउ गर्न चर्को दबाव परिरहेको थियो। त्यसपछि मृतक सीताका बुवासहित घटनामा र दाहसंस्कारमा संलग्नहरू समेत गरी १७ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। पक्राउ परेका को को हुन् भन्नेबारे भने प्रहरीले खुलाएको छैन।

  • न्युज बहार संवाददाता

थप