Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

रास्वपा आएपछि कांग्रेसका युवा नेताहरूलाई छटपटी भएको छ : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री

  •   २ वर्ष अघि | २४ चैत्र २०८०, शनिबार

चैत २४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले रास्वपा आएपछि कांग्रेसका युवा नेताहरूलाई छटपटी भएको बताएका छन्।

मन्त्री अर्यालले आज शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा देशको नेतृत्व गर्न कांग्रेसमा पालो कुरेर बसेका युवा नेताहरू रास्वपा आएपछि आफ्नो पालो नआउने डरले छटपटाएको बताएका छन ।

मन्त्री अर्यालले भने उहाँहरुलाई कांग्रेसमा एउटा पुस्ता सकिएपछि हाम्रो पालो आउँछ भन्ने थियो होला तर रास्वपा आयो, अब त त्यो पुस्ता सकिएपछि पनि हाम्रो पालो नआउने भयो भन्ने छटपटीले उहाँहरुमा पिरोलेको छ।

उनले त्यही पीरका कारण अहिले कांग्रेसका युवा नेताहरू रास्वपाको विरोध गरिरहेको समेत बताए । अर्यालका अनुसार जनताले भोट हाल्न राम्रो काम गर्न सक्नुपर्ने हुन्छ ।

  • न्युज बहार संवाददाता

थप