साउन ६, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधी सभा सांसद सुन तस्करीको विषयमा आफ्नो धारणा राखेका छन।
लामिछानेले त्रिभुवन विमानस्थलबाट कुनै सेटिङबिना यती ठुलो मात्रामा सुन तस्करी हुन नसक्ने बताएका छन् ।
विराटनगरमा पत्रकारसँग कुरा गर्ने क्रममा रविले भने, ‘बिना सेटिङ मिलेमतो नभएर सम्भव छैन, तर कुन लेबलको, कुन ढंगको मिलेमतो वा सेटिङ हो भन्ने अनुसन्धान गर्नुपर्ने हुन्छ ।’
साथै उनले सुन बरामद प्रकरणमा अनुसन्धान जारी भएकोले यस विषयमा अहिले थप टिप्पणी गर्न नहुने समेत बताएका छन ।
सोही विषयमा उनले अर्को पार्टी एमालेले गृहमन्त्रीको राजीनामा मागेको सन्दर्भमा अनुसन्धान नहुँदै राजीनामा माग्नु उचित नहुने र अरुले राजीनामा मागे भन्दैमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि राजिनामा माग्छ भन्ने नहुने आफुहरु धैर्य गर्ने र वास्तविकता थाहा पाएर गलत हो भने मात्रै आवाज उठाउने उनले बताएका छन ।
- न्युज बहार संवाददाता