चैत १८, काठमाडौँ । राज्यले गर्ने राजनीतिक प्रतिशोध र दिने यातना पीडादायक भएको रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् ।
उनले आज सोमबार
केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा आफ्नो अनुभूति सार्वजनिक
गरेका हुन । उनले राख्ने क्रममा राज्यले दिएको पीडा सम्झिँदा पनि पिडादायक रहेको उनले
बताएका हुन् ।
उनले यस
विषयमा बोल्दै चितवनबाट मध्यरातमा त्रिशूलीको तिरैतिर लग्दै गर्दा मलाई मार्न
खोज्दैछन भन्ने महसुस भएको उनले बताएका छन । हिरासतमा बस्दा आफ्नो डायरी
खोसिएको र त्यसलाई कहाँ लगेर जलाइएको थाहा नभएको उनले जनाएका छन ।
रवि
कात्तिक २ गते सहकारी ठगी आरोपमा पक्राउ परेका थिए । उनलाई कास्की जिल्ला प्रहरीले
८४ दिन हिरासतमा राखेको थियो । साढे पाँच महिना पछि उनी आजै पार्टीको जिम्मेवारीमा
फर्किएका छन ।
- न्युज बहार संवाददाता