असार १८, काठमाडौँ । निश्चित व्यक्तिलाई
जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको उपप्रधान तथा गृहमन्त्री रवि
लामिछानेले बताएका छन् ।
उनले आज मंगलबार
राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै निश्चित
व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको भन्ने प्रतिक्रिया दिएका हुन् ।
गृहमन्त्री
लामिछानेले भने, ‘रातारात जे
भएको छ, सबै स्पष्ट
नै छ नि, केही भन्नैपर्ने छैन।’
भ्रष्टाचारको
फाइल खुल्न थालेपछि ठूला दललाई एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आएको उनले बताएका
छन । यस विषयमा उनले प्रश्नको शैलीमा भने ‘संविधान जोगाउन खोजेको हो की
कसलाई जोगाउन खोजेको ? त्यति पनि
बुझ्न सकिँदैन त ?।’
- न्युज बहार संवाददाता