Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सरकारको टिकटक बन्द गर्ने निर्णयमा के भन्छन नेताहरु?

  •   ३ वर्ष अघि | २७ कार्तिक २०८०, सोमवार

कार्तिक २७, काठमाडौँ । सामाजिक सञ्जाल टिकटक सरकारले बन्द गर्ने निर्णय गरेको छ । टिकटक बन्द गर्ने निर्णय आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । 

तर सरकारको टिकटक बन्द गर्ने निर्णयमा सत्ताधारी नेताहरु नै विपक्षमा उभिएका छन् । 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको टिकटक बन्द गर्ने निर्णय प्रति असहमति जनाएका छन । टिकटक बन्द गर्ने सरकारी निर्णय गलत भएको उनले बताएका छन । उनले सामाजिक सञ्जाल मार्फत यस विषयमा प्रतिक्रिया दिँदै सरकारले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भएको तर नियमन गर्ने नाममा बन्द नै गरिनु सरासर गलत भएको उल्लेख गरेका छन ।

त्यसैगरी टिकटकमाथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त भएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले टिप्पणी गरेका छन । उनका अनुसार यो निर्णय निरंकुशताको बाटो हो । उनले टिकटकमाथिको प्रतिबन्ध अविलम्ब फिर्ता गर्न माग समेत गरेका छन् ।

यस्तै सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति रास्वपा सभापति रवि लामिछानेले व्यङ्ग्यात्मक रुपमा आफ्नो विचार राखेका छन । उनले ‘सत्ताधारी दलकै कयौँ नेताहरू भ्रष्ट होलान्, के अब पार्टीनै बन्द गरिदिने हो त?’ भन्दै व्यङ्ग्य गरेका हुन् । आजको युग सोसियल मिडियाको  विकल्प सुधारिएको सोसियल मिडिया रहेको पनि सभापति लामिछानेले दाबी गरेका छन ।

  • न्युज बहार संवाददाता

थप