असोज ३०,
काठमाडौँ । पार्टीको कार्यालय भवन राजनीतिक दलहरुले आफैँले नै बनाउनुपर्ने सत्तारुढ
दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । व्यवसायी
मिनबहादुर गुरुङले सत्ता साझेदार दल नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि
गरेको सहयोगको उनले विरोध गरेका हुन् ।
एक अर्ब
रुपैयाँभन्दा बढी मुद्रा पर्ने जग्गा खरिद गर्ने र भवनसमेत बनाइदिने घोषणा गरिएको
विषय चर्चा र विवादमा रहेको भन्दै यसको जवाफ नेकपा एमालेले दिनुपर्ने शर्माले बताएका
छन ।
व्यवसायीहरुले
राजनीतिक दलहरुलाई सानो सहयोग गर्नेकुरा राम्रो भएको तर एक अर्बभन्दा बढीको
सहयोगले गम्भीर आशंका पैदा गरेको उनले उल्लेख गरेका छन । निजी क्षेत्र र राजनीतिक
दल बिचको सम्बन्धको सीमानाका बारेमा सोच्नैपर्ने अवस्था देखिएको समेत शर्माले जनाएका
छन ।
- न्युज बहार संवाददाता