Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

जनताको चेतनालाई चुनौती दिने हाम्रो हैसियत छैन : रवि लामिछाने

  •   ३ वर्ष अघि | ३० असोज २०८०, मङ्लबार

असोज ३०, काठमाडौँ ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा पनि मत दिइरहने जनता कस्ता भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जवाफ फर्काएका छन्।

एमाले अध्यक्ष ओलीले सोमबार एक कार्यक्रममा बोल्दै नीति, सिद्धान्त नभएका दललाई मत दिने जनता कस्ता भन्दै प्रश्न गरेका थिए।

त्यसकै उत्तर स्वरुप रास्वपाको सोमबारदेखि चलेको नीति मन्थन नामक विमर्शको समापन गर्दै सभापति लामिछानेले राष्ट्रको हरेक सूचकांकलाई रातोमा पुर्‍याउनेलाई निर्वाचित गराउने मतदाता कस्ता भन्दै जवाफ फर्काएका हुन्।

लामिछानेले उक्त कार्यक्रममा भनेका छन जनताको चेतनालाई चुनौती दिने हाम्रो हैसियत छैन। जनताको त्यो चेतनालाई चुनौती नदिन पनि आग्रह गर्छु।

  • न्युज बहार संवाददाता

थप