बैशाख
२५, काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँमा रहेको टुकुचा खोलालाई खोला नै भएको
फैसला सुनाएको छ।
काठमाडौँ
महानगरपालिकाले गत भदौ ३० मा टुकुचा खोला उत्खनन गर्ने कार्य थालेपछी काठमाडौँ
महानगरपालिका–१ का
विश्वप्रकाश साखले निजी सम्पत्तिमा हस्तक्षेप भएको उल्लेख गर्दै रोक्न आदेश माग
गर्दै उच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो
सोही
रिटमा फैसला सुनाउँदै उच्च अदालत पाटनले टुकुचा खोला नै भएको निर्णय गरेको छ। तर टुकुचा खोला नै भएपनि कमलादी र हात्तीसार क्षेत्रमा भूमिगत गरिएको
टुकुचा खोलामाथिको सम्पत्ति व्यक्तिगत सम्पत्ति रहेको ठहर गरेको छ ।
न्यायाधीशहरू
महेश शर्मा पौड्याल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले गत माघ १८ गते
सुनाएको फैसलाको आज सार्वजनिक गरिएको पूर्णपाठमा टुकुचा खोला भएको भए पनि खोलामाथि
रहेको घर जग्गा भने व्यक्तिगत सम्पत्ति भएको हुँदा राज्यले हस्तक्षेप गर्न नपाउने
उल्लेख छ ।
उक्त फैसलामा
भनिएको छ, “टुकुचा
(इच्छुमती) खोला र बागमतीको सहायक नदी रहेको र यति लामो बहाव रहेको अवस्थामा यस
खोलालाई खोल्सा वा ढल हो भनी विद्वान कानून व्यवसायीहरूले लिएको जिकिर मनासिव
देखिँदैन ।”
- न्युज बहार संवाददाता