जेठ १५,
काठमाडौँ। आज सोह्रौँ गणतन्त्र दिवस देशभर विभिन्न
कार्यक्रम गरी मनाइँदैछ। गणतन्त्र दिवसका
अवसरमा देशका विभिन्न स्थानमा गणतन्त्र
दिवस विशेष कार्यक्रमको आयोजना गरिएको छ।
विंस २०६५ जेठ १५ गते जननिर्वाचित
पहिलो संविधानसभाबाट निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय
लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको घोषणा गरिएको थियो ।
हरेक वर्ष जेठ १५ गते जनआन्दोलन ०६२ र ६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा देशभर गणतन्त्र दिवस मनाइने गरिन्छ।
आज गणतन्त्र दिवसको दिन सरकारले काठमाडौँको टुँडिखेलमा औपचारिक समारोह गरी गणतन्त्र दिवस मनाउँदै आएको छ।
- न्युज बहार संवाददाता