कार्तिक
१८, पोखरा । विपद्को समय राहत र उद्धारमा खटिनुपर्ने नेपाली कांग्रेसका महामन्त्री
गगनकुमार थापाले बताएका छन् । उनले आज पोखरामा पत्रकारहरूसँग कुरा गर्दै यस समयमा
धेरै भीआइपीको भ्रमण हुन सक्ने भन्दै त्यहीँ पुग्ने होडबाजी छोडेर राहत र उद्धार
तिर ध्यान दिन आग्रह गरेका हुन ।
उनले भने
‘त्यहाँका
मासिनहरु हामफालेर बाँच्यौँ भनेका छन्, यस्तो अवस्थामा सबैको ध्यान राहत र
उद्धारमा हुनुपर्छ । भयावह अवस्था छ त्याहाँका अस्पताल भरिएका छन, कसरी चाँडो
भन्दा चाँडो राहत प्राप्त गर्न सकिन्छ भनेर कुरेर बसेका छन्।’
थापाले भुकम्प
प्रभावित क्षेत्रमा प्रधानमन्त्री गएको विषयमा बोल्दै भने ‘प्रधानमन्त्री त्याहाँ जानुभएको छ, उहाँ
जानु ठिक हो । यससँगै सबै कुरा परिचालित पनि होस् । तर हाम्रो राहतको बेलाको नमिठो
अनुभव पनि बिगतको रहेको छ । अब मन्त्रीहरू जाने र मान्छे मात्रै पुग्ने ध्यान भयो
भने भीआइपीको भिजिट म्यानेजमेन्टमा सुरक्षा संयन्त्र व्यस्त हुन्छन् ।
प्रधानमन्त्री जानु भनेको सिङ्गो देशको प्रतिनिधि जानु हो । अब त्यहाँ राहत र
उद्धारको कामहरू हुनुपर्यो ।’
- न्युज बहार संवाददाता