वैशाख २४, काठमाडौँ । आजको प्रतिनिधी सभाको बैठकमा पाकिस्तानको उच्चस्तरीय सैनिकमण्डल नेपाल भ्रमणमा आएको विषय उठेको छ । यो बेला पाकिस्तानी सैनिकको भ्रमण उपयुक्त नभएको नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले बताएका हुन् ।
साउदले संसद बैठकमा छिमेकमा भएको जघन्य आतंककारी घटना भइरहेकोमा यस्तो समय पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलको भ्रमण स्थगित गर्नु पर्ने बताएका छन ।
यस विषयमा उनले भने ‘भ्रमण पूर्वनिर्धारित नै भए पनि वर्तमान स्थितिका बारे संवेदनशील भएर कुटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतिक्षा गर्नुपर्ने आवश्यकता थियो।’
- न्युज बहार संवाददाता