Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रास्वपा सकियो भन्ने पनि छन्, हामी कसरी सकियौँ? हामी त फैलँदै छौं : रवि लामिछाने

  •   २ वर्ष अघि | १ असोज २०८१, मङ्लबार

असोज १, काठमाडौँ । देशको पत्रकारिता निर्लज्ज बनेको र देशको पत्रकारिता जोगाउन आग्रह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गरेका छन्।

काठमाडौँमा आजदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै  उनले भने ‘मलाई नंग्याउने स्वार्थमा आफू ननांगिनुस्, यो देशको पत्रकारिता जोगाउनुस्, पत्रकारिता यति निर्लज्ज हुनु हुँदैन।’

उनले रास्वपाको हस्तक्षेप नागरिकको अवस्था परिवर्तनका लागि भएको बताए।

उनले भने ‘हाम्रो आगमन नै अरूका लागि टाउको दुखाइको विषय बन्यो, हामीले बहुमत नल्याउँदासम्म उहाँहरूको टाउको दुखिनै रहन्छ । रास्वपा सकियो भन्ने पनि छन्। तर, त्यो हामीविरुद्ध गरिएको कुप्रचार हो। सदनमा हेर्नुस्, छोटो समयको सरकारमा रहँदाको काम हेनुस्। दुई ठूला दल हाम्रै कारणले सरकार बनाउन मिल्नुपर्ने बाध्यतामा पुगेका छन भने हामी कसरी सकियौँ? हामी त फैलँदै छौं,’ 

  • न्युज बहार संवाददाता

थप